नक्कली भुटानी शरणार्थी प्रकरण : आफूबारे प्रकाशित समाचारप्रति खाणको ध्यानाकर्षण

हिमाल प्रेस २३ वैशाख २०८० १२:२८
66
SHARES
नक्कली भुटानी शरणार्थी प्रकरण : आफूबारे प्रकाशित समाचारप्रति खाणको ध्यानाकर्षण

काठमाडौँ- पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफ्ना बारेमा भ्रामक समाचार आइरहेको भन्दै त्यसको खण्डन गरेका छन्।

कांग्रेस नेता खाणले शनिबार एक विज्ञप्ति प्रकाशित गरी विभिन्न सञ्चारमाध्यममा आफ्ना बारेमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएका हुन्।

उनले भनेका छन्, ‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरिदिनुहुन अनुरोध छ।’

भुटानी शरणार्थीको नक्कली परिचयपत्र प्रकरणमा खाणसमेत संलग्नता रहेको भनेर विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशिन गरेपछि उनले यसको खण्डन गरेका हुन्।

खाण २०७८ असारदेखि २०७९ पुस ११ गतेसम्म गृहमन्त्री थिए। नक्कली भुटानी शरणार्थीमा ‘भीआईपी’ जोडिने क्रम जारी छ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनसहित युवाबाट रकम असुल्ने गिरोहका नाइकेहरू केशव दुलाल, सन्देश शर्मा, सानु भण्डारी, सागर थुलुङ राई र टंक गुरुङ पनि पक्राउ परिसकेका छन्। पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी फरार छन्।

यही विषयमा अनुसन्धान गर्न प्रहरीले नेपाल सरकारका सचिव टेकराज पाण्डे, तत्कालीन गृहमन्त्रीका स्वकीय सचिव इन्द्रजीत राई पनि पक्राउ गरिसकेको छ।

प्रकाशित: २३ वैशाख २०८० १२:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast