एआईजी श्यामलाल ज्ञवालीले अख्तियारबाट पाए उन्मुक्ति

हिमाल प्रेस २२ वैशाख २०८० ७:२३ | Friday, May 5, 2023
एआईजी श्यामलाल ज्ञवालीले अख्तियारबाट पाए उन्मुक्ति श्याम ज्ञवाली। फाइल तस्बिर

काठमाडौँ– शैक्षिक प्रमाणपत्र र नागरिकताबारे विवादमा नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीले तत्कालका लागि सफाइ पाएका छन्। उनीमाथि शैक्षिक प्रमाणपत्र र नागरिकताको जन्ममिति सच्याएर प्रहरी सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको थियो।

छानबिनका क्रममा कुनै कैफियत नदेखिएको अख्तियारको ठहर छ।  अख्तियारले ज्ञवालीविरुद्धको कुनै प्रमाण परे कानुनबमोजिम कारबाही सुरु हुने गरी उजुरीलाई तामेलीमा राखेको छ।

गत चैत १० मा वसन्त कुँवर आईजीपी नियुक्त हुँदा ज्ञवाली पनि दौडमा थिए। विवादित भएपछि उनी स्वतः पछि परेका थिए।

प्रकाशित: २२ वैशाख २०८० ७:२३ | Friday, May 5, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast