पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्छौँ : खेलकुदमन्त्री लिम्बु

हिमाल प्रेस २१ वैशाख २०८० १७:१४ | Thursday, May 4, 2023
पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्छौँ : खेलकुदमन्त्री लिम्बु

काठमाडौँ- नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलका पूर्वाधार निर्माणमा प्राथमिकता दिने बताएका छन्। बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले खेलाडी र पदाधिकारीहरूले खेल क्षेत्रमा महसुस गरेका अभाव समाधान गर्नेगरी काम गर्ने बताएका हुन्।

उनले खेल क्षेत्रको भौतिक पूर्वाधार विकास गर्ने विषय आफ्नो प्राथमिकता रहने बताए। आम नागरिकले देख्नेगरी काम गर्ने उनको भनाइ थियो। मन्त्रालयमा रहेर आफू दैनिक १८ घण्टा काम गर्ने उनको भनाइ थियो। ‘समग्र खेल जीवन र यसको भौतिक तथा पूर्वाधार विकास गर्ने कुरामा अहिलेसम्म अभाव छ,’ उनले भने, ‘खेलाडी साथीहरूले, पदाधिकारीले जे अभाव महसुस गर्नुभएको छ, त्यसलाई हेरेर काम गर्ने प्रयास गर्नेछु।’

सकेसम्म देखिने र धेरै मानिसको चित्त बुझ्नेगरी काम गर्ने उनको भनाइ थियो। नेपालीले गर्न सक्छन् भन्ने प्रमाणित पछिल्लो समय क्रिकेट खेलाडीहरूले गरिसकेको उनले बताए।

मन्त्री लिम्बूले बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए।

प्रकाशित: २१ वैशाख २०८० १७:१४ | Thursday, May 4, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast