रास्वपालाई सरकारमा लैजान माधव नेपाल पनि सकारात्मक

हिमाल प्रेस २१ वैशाख २०८० १२:५२
4
SHARES
रास्वपालाई सरकारमा लैजान माधव नेपाल पनि सकारात्मक

काठमाडौँ- सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा ल्याउनुपर्ने बताएका छन्।

बिहीबार कैलालीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने सुझाव आफूले दिएको सुनाए।

‘हामीले त ल्याउनुपर्छ भनेका छौँ। शेरबहादुरजी र प्रधानमन्त्रीलाई रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ भनेको छु,’ उनले भने।

हिजो बसेको सत्ता गठबन्धनको बैठकमा पनि त्यसबारे कुराकानी भएको उनले बताए। चुनाव पहिले पनि ल्याउने कुरा भएको थियो। भए पनि लागु हुन नसकेको बताउँदै अब ल्याउनेबारे छलफल हुने उनको भनाइ छ।

उनले रास्वपाका सभापति रवि लामिछानेलाई नेकपा एमालेले प्रधानमन्त्रीको अफर गरेको भन्ने विषयमा उनले हल्लाहरू भइरहने बताए।

‘प्रधानमन्त्रीको अफर भयो। के भए भएनन्। यस्ता कुरा भइरहन्छन्। हल्ला–हल्ला हुन्छन्। मलाई कसैले भनेको छैन्’ उनले भने।

प्रकाशित: २१ वैशाख २०८० १२:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast