 
                             
                                            काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० मा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने अनुमान रहेको छ। उपभोक्ता मूल्यमा १.८६ प्रतिशतले समष्टिगत आर्थिक वृद्धि हुने केन्द्रीय तथ्यांक कार्यालयको अनुमान छ।
केन्द्रीय तथ्यांक कार्यालयले मंगलबार चालु आवको वार्षिक राष्ट्रिय लेखा तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने अनुमान गरिएको हो। सरकारले चालु आवको बजेटमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको थियो।
तथ्यांक कार्यालयले चालु आवमा अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब हुने बताएको छ। कार्यालयले ८ महिनाको यकिन र बाँकी ४ महिनाको अनुमानसहित उक्त तथ्यांक सार्वजनिक गरेको हो।
गत आर्थिक वर्ष २०७८/७९ मा ५.२६ प्रतिशत आर्थिक वृद्धि भएको तथ्यांक कार्यालयले संशोधित अनुमान सार्वजनिक गरेको छ। आव २०७७/७८ मा ४.४९ प्रतिशत आर्थिक वृद्धि भएको थियो। २०७६/७७ मा भने वृद्धिदर २.४ प्रतिशत नकारात्मक भएको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 