काठमाडौँ- चालू आर्थिक वर्ष २०७९/८० मा जीडीपीका आधारमा नेपालीकाे प्रतिव्यक्ति आम्दानी १३९९ डलर पुग्ने भएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको २०७९/८० काे राष्ट्रिय लेखा विवरणअनुसार प्रतिव्यक्ति आम्दानी १ लाख ८२ हजार ६८३ रुपैयाँ अर्थात् १३९९ डलर हुने भएको हो।
गत आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आम्दानी १३७२ अमेरिकी डलर थियो।
प्रकाशित: १९ वैशाख २०८० १४:०५
प्रतिक्रिया