अयोग्य लडाकुलाई राहत रकम दिनुपर्छ : नारायणकाजी श्रेष्ठ

हिमाल प्रेस १७ वैशाख २०८० १८:४९ | Sunday, April 30, 2023
अयोग्य लडाकुलाई राहत रकम दिनुपर्छ : नारायणकाजी श्रेष्ठ फाइल तस्बिर

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्कालीन माओवादीका अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत रकम दिने निर्णयको विरोध गर्न नहुने बताएका छन्। आज जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै अयोग्य लडाकुलाई राहत रकम दिने निर्णय यसअघिकै सरकारले गरेको भन्दै यसको विरोध गर्न नहुने बताएका हुन्।

शान्ति सम्झौता हुँदा बहिर्गमनमा परेका लडाकुको पनि यो व्यवस्था ल्याउन ठूलो भूमिका रहेको भन्दै उनीहरूलाई राहत दिनुपर्ने श्रेष्ठको भनाइ छ।

श्रेष्ठले अयोग्य लडाकुलाई राहत दिन नहुने भन्दै अनाहकमा गलत प्रचारबाजी भइरहेको बताए।

प्रकाशित: १७ वैशाख २०८० १८:४९ | Sunday, April 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast