१९ अंकले घट्यो नेप्से परिसूचक

हिमाल प्रेस १७ वैशाख २०८० १५:१५ | Sunday, April 30, 2023
१९ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) १९.११ अंकले घटेको छ। १८९० बिन्दुबाट सुरु भएको बजार लगातार ओरालो लाग्दै १८७० बिन्दुमा ओर्लिएको छ। आइतबार कारोबार भएकामध्ये १८९ कम्पनीको सेयर मूल्य घटेको छ। २६ कम्पनीको मूल्य सामान्य अंकले बढेको छ भने ४ कम्पनीको मूल्य स्थिर रह्यो।

आइतबार कुल २७१ कम्पनीको ३२ लाख ६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ९५ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार कारोबार रकमका हिसाबले शिवम् सिमेन्ट पहिलो स्थानमा रह्यो। शिवम् सिमेन्टको ४ करोड २५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। आज नेप्सेका सबै उपसमूहको सूचक घटेको छ।

प्रकाशित: १७ वैशाख २०८० १५:१५ | Sunday, April 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast