अयोग्य लडाकुलाई रकम बाँड्ने निर्णयविरुद्ध युवा संघद्वारा प्रचण्डको पुतला दहन

हिमाल प्रेस १६ वैशाख २०८० १७:२२
22
SHARES
अयोग्य लडाकुलाई रकम बाँड्ने निर्णयविरुद्ध युवा संघद्वारा प्रचण्डको पुतला दहन

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल एमालेसम्बद्ध राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पुतला दहन गरेको छ। सरकारले अयोग्य लडाकुलाई २ लाखका दरले राहत दिने गरी ल्याएको कार्यविधि तत्काल खारेज गर्न दबाब युवा संघमा आबद्धहरूले शनिबार नयाँ वानेश्वरमा प्रधानमन्त्री प्रचण्डको पुतला दहन गरेका हुन्।

अयोग्य लडाकुको नाममा प्रधानमन्त्री प्रचण्डले अर्बौं घोटाला गर्न खोजेको भन्दै उनीहरूले सरकारविरुद्ध नाराबाजीसहित विरोध प्रदर्शन गरे। राजनीतिक अभीष्ट पूरा गर्नेगरी ल्याइएको सो कार्यविधि तत्काल खारेज नगरे देशभर आन्दोलन सृजना गर्ने युवा संघका अध्यक्ष क्षितिज थेबेले बताए।

‘आमनेपालीको छातीमा बज्रपात गर्दै देशको ढुकुटी रित्याउँदै, देशको ढुकुटीलाई नीतिगत भ्रष्टाचार गरेर पार्टीलाई अर्बौं रकम खन्याउने, लडाकुको नाममा एउटा व्यक्ति पोस्ने, अर्बौं घोटला गर्ने र आफ्नो घृणित राजनीतिको अभीष्ट पूरा गर्ने योजनाले यो सरकार अगाडि बढेको छ,’ उनले भने।

युवा संघले शुक्रबार (हिजो) अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी अयोग्य लडाकुलाई राहत स्वरुप २ लाखका दरले दिने गरी ल्याइएको कार्यविधि खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast