प्रतिनिधिसभा निर्वाचनमा पराजित देव गुरुङको चुनावी खर्च साढे २४ लाख

हिमाल प्रेस १६ वैशाख २०८० १३:२४ | Saturday, April 29, 2023
प्रतिनिधिसभा निर्वाचनमा पराजित देव गुरुङको चुनावी खर्च साढे २४ लाख

काठमाडौँ- सत्तारुढ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भएको चुनावी खर्च सार्वजनिक गरेका छन्।

प्रतिनिधिसभा निर्वाचनमा लमजुङबाट उम्मेदवारी दिएका महासचिव गुरुङ एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङसँग पराजित भएका थिए।

महासचिव गुरुङका प्रतिनिधि हरिजंग तामाङले निर्वाचन कार्यालयमा बुझाएको निर्वाचन खर्च विवरणअनुसार चुनावमा २४ लाख ५२ हजार २२५ रुपैयाँ खर्च भएको छ।

विवरणअनुसार सबैभन्दा बढी प्रतिनिधि परिचालनमा ८ लाख खर्च भएको छ। मतदाना नामावली खरिदमा ३ हजार, प्रचार–प्रसार सामग्री ३ लाख ३९ हजार ३५०, गोष्ठी अन्तरक्रिया ८ स्थानमा १ लाख ५० हजार, सवारीसाधन २ वटाको ३ लाख खर्च भएको छ।

यस्तै, गुरुङले निर्वाचनका बेला ढुवानी खर्च १ लाख, कार्यालय सञ्चालन ३ लाख ३६ हजार ४ सय, डिजेल, पेट्रोल ३ लाख ३३ हजार ४७५ र प्रचार–प्रसार एवं प्रतिनिधि परिचालनमा १ लाख रुपैयाँ खर्च गरेका छन्।

प्रकाशित: १६ वैशाख २०८० १३:२४ | Saturday, April 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast