विद्यार्थी संगठनले विद्यालयमा लगाएको ताला महानगरले फुटायो

हिमाल प्रेस १५ वैशाख २०८० ९:१९ | Friday, April 28, 2023
विद्यार्थी संगठनले विद्यालयमा लगाएको ताला महानगरले फुटायो

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको एक विद्यालयमा विद्यार्थी संगठनले लगाएको ताला महानगरपालिका आफैँले फोडेको छ। विद्यालयमा राजनीति नगर्न अनुरोध गर्दै महानगरले सूचना जारी गरेपछि आक्रामक हुँदै विद्यार्थी संगठनले ताला लगाएका थिए।

मेयर बालेन शाहले विद्यालय पढ्ने ठाउँ भएको र विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म पनि गर्न नसकिने भन्दै ताला तोडेको जानकारी दिएका छन्।

दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध हो भन्दै उनले महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरेको उल्लेख गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत ताला फोडिएको भिडियोसहित स्टाटस लेखेका छन्, ‘विद्यालय पढ्ने ठाउँ हो। हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौँ। त्यसमाथि पनि दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो।’

प्रकाशित: १५ वैशाख २०८० ९:१९ | Friday, April 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast