माथेमालाई ‘अर्डर अफ जापान’ अवार्ड हस्तान्तरण

हिमाल प्रेस १४ वैशाख २०८० २१:१८ | Thursday, April 27, 2023
माथेमालाई ‘अर्डर अफ जापान’ अवार्ड हस्तान्तरण

काठमाडौँ- काठमाडौंस्थित जापानी दूतावासले जापानका लागि नेपालका पूर्वराजदूत डा. धर्मभक्त माथेमालाई ‘अर्डर अफ जापान’ अवार्ड हस्तान्तरण गरेको छ।

बिहीबार एक कार्यक्रम आयोजना गर्दै नेपालका लागि जापानी राजदूत किकुता युताकाले माथेमालाई ‘द अर्डर अफ जापान (द अर्डर अफ द राइजिङ सन, गोल्ड एन्ड सिल्भर स्टार)’ अवार्ड हस्तान्तरण गरेका हुन्।

जापान सरकारले माथेमालाई उक्त अवार्ड दिन २०२२ अफ्रिल २९ मा घोषणा गरिएको थियो। जापानका लागि तत्कालीन नेपाली राजदूत माथेमाले आफ्नो कार्यकालमा पुर्‍याएको योगदानका लागि उनलाई जापान सरकारले सम्मान गरेको थियो। माथेमा सन् १९९६ देखि २००३ सम्म जापानका लागि नेपाली राजदूत रहेका थिए।

प्रकाशित: १४ वैशाख २०८० २१:१८ | Thursday, April 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast