लुम्बिनीमा पनि कांग्रेसकै नेतृत्वमा सरकार, चौधरीको दाबी पेस

हिमाल प्रेस १४ वैशाख २०८० १४:०२ | Thursday, April 27, 2023
लुम्बिनीमा पनि कांग्रेसकै नेतृत्वमा सरकार, चौधरीको दाबी पेस

लुम्बिनी- नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनीको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। कांग्रस, माओवादी, जनमत पार्टी सहित ८ दलका ५३ जना सांसदको हस्ताक्षरसहित चौधरीले विहीबार दिउँसो मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सरकार गठनको लागि आह्वान गरेका थिए।

यसअघि नै कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरुले मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेको भन्दै चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख अमिक शेरचनसमक्ष निवेदन हालेका थिए।

तर, प्रदेश प्रमुखले त्यसलाई मान्यता दिएका थिएनन् । नेकपा एमालेले भने प्रदेश प्रमुखले संविधान विपरित धारा १६८(२) मा लगिएकने भन्दै विरोध गरेको थियो ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४र४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३र३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एकरएकजना र स्वतन्त्र एक सांसद रहेका छन्।

चौधरीलाई एमाले र राप्रपा बाहेक सबै दलका सासंदको समर्थन रहेको छ ।

प्रकाशित: १४ वैशाख २०८० १४:०२ | Thursday, April 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast