काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अपेक्षा गरेअनुरुप काम गर्ने नसकेकाले जन्तामा असन्तुष्टि बढेको बताएका छन्।
उनले उपचुनावबाट जनताको चासो प्रष्ट भएकाले बेलैमा कमीकमजोरी सच्याएर जानुपर्नेमा जोड दिए। सिंहले समयको माग अनुसार कांग्रेसको कार्यशैलीमा रुपान्तरण गर्न नसके गाह्रो पर्ने बताए।
पछिल्लो समय कांग्रेस ‘पावरबेस’ राजनीतिमा मात्रै केन्द्रित हुँदा विषम परिस्थिति सिर्जना भएको स्वीकारे। कांग्रेसले मूल्यमान्यता आदर्शको राजनीति बट विमुख भएकाले परिस्थिति जटिल बन्दै गएको दुखेसो पोखे।
प्रकाशित: १४ वैशाख २०८० १२:३१ | Thursday, April 27, 2023
प्रतिक्रिया




