सुडानबाट बेलायती र भारतीय नागरिकको उद्धार

हिमाल प्रेस १३ वैशाख २०८० २१:३८ | Wednesday, April 26, 2023
सुडानबाट बेलायती र भारतीय नागरिकको उद्धार फाइल तस्बिर।

काठमाडौँ- युद्धग्रस्त सुडानबाट बेलायत र भारत सरकारले आ–आफ्ना नागरिकको उद्धार गरेका छन्। बेलायतले ३ सय १ जना आफ्ना नागरिक र भारतले ५ सय ३४ जना नागरिकको उद्धार गरेको हो।

बेलायतले चार वटा उडानमार्फत आफ्ना नागरिकको उद्धार गरेको बेलायती प्रधानमन्त्री ऋषि सुनकका प्रवक्ताले बुधबार बताएका छन्। पत्रकार सम्मेलनमा उनले भने, ‘सुडानबाट बुधबार मात्र ३०० भन्दा बढी व्यक्तिको उद्धार गरिएको छ। सरकारले व्यवस्था गरेको थप चार उडानहरू सुडानबाट प्रस्थान गर्नेछन्।’

विश्व स्वास्थ्य संगठनका अनुसार गत १५ अप्रिलयता सुडानमा ४ सय जनाभन्दा बढीले ज्यान गुमाएका छन्। तयस्तै ३ हजारभन्दा बढी घाइते भएका छन्।

५ सय बढी भारतीयको उद्धार

बुधबार भारतले ५ सय ३४ जना भारतीय नागरिकको सुडानबाट उद्धार गरिएको जानकारी गराएको छ। सुडानको राजधानी खार्तुम र अन्य भागमा फसेका आफ्ना नागरिकको उद्धार गरिएको भारत सरकारले जानकारी गराएको छ।

बहत्तरघण्टे युद्धविरामको उपयोग गर्दै सैन्यविमान र युद्धपोत प्रयोग गरेर ५ सय ३४ जनाको उद्धार गरिएको हो। राजधानी खार्तुमबाट आठ सय किलोमिटर टाढा रहेको सुडान बन्दरगाहबाट भारतीय जलसेनाको युद्धपोत सुमेधाले २ सय ७८ जना भारतीय नागरिकलाई साउदी अरबको जुद्दा पुर्‍याएइको छ।

त्यस्तै अपरेसन कावेरीअन्तर्गत भारतीय वायु सेनाका विमानले दुई खेपमा २ सय ५६ जनालाई उद्धार गरेर सोही स्थानमा पुर्‍याएको विदेश राज्यमन्त्री वी मुरलीधरनले बताए।
जेद्दाबाट उनीहरूलाई यथाशीघ्र भारत ल्याइने उनले बताए।

यसअघि सुडानबाट अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, साउदी अरबलगायत मुलुकले पनि आफ्ना नागरिकको उद्धार गरेका थिए। रासस/पीटीआई/ सिन्ह्वा

प्रकाशित: १३ वैशाख २०८० २१:३८ | Wednesday, April 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast