एनएमबि बैंकका ‘स्मार्ट नारी बचत खाता’का ग्राहकलाई सामसुङ वासिङ मेसिन खरिदमा छुट

हिमाल प्रेस १३ वैशाख २०८० १८:२९ | Wednesday, April 26, 2023
एनएमबि बैंकका ‘स्मार्ट नारी बचत खाता’का ग्राहकलाई सामसुङ वासिङ मेसिन खरिदमा छुट

काठमाडौँ- एनएमबि बैंकमा ‘स्मार्ट नारी बचत खाता’ खोलेका ग्राहकले सामसुङको वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा छूट पाउने भएका छन्। बैंकका अनुसार सो खाताका ग्राहकले २३ प्रतिशतसम्म छुट पाउनेछन्।

त्यसका लागि सामसुङको नेपालका लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्ससँग सम्झौता गरिएको बैंकले जानकारी दिएको छ। सम्झौताअनुसार ई–एनएमबि मोबाइल एपमार्फत गर्दा २३ प्रतिशत वा १ हजार ५ सय रुपैयाँसम्म छुट पाइनेछ।

सो सम्झौताले ग्राहकलाई नवीनतम तथा एड्भान्स घरेलु उपकरणमा पहुँच सुनिश्चित गर्ने अपेक्षा लिइएको दुई पक्षले बताएका छन्।

एनएमबि बैंकले हाल देशभरी २ सय १ शाखा, १ सय ३८ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत कारोबार गर्दै आएको छ।

प्रकाशित: १३ वैशाख २०८० १८:२९ | Wednesday, April 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast