नेपाल प्रहरीका १३ डीआईजीको पदस्थापन [को कहाँ सूचीसहित]

हिमाल प्रेस १३ वैशाख २०८० १५:४८ | Wednesday, April 26, 2023
नेपाल प्रहरीका १३ डीआईजीको पदस्थापन [को कहाँ सूचीसहित] प्रहरी प्रधान कार्यालय

काठमाडौँ- नेपाल प्रहरीका १३ डीआईजीको पदस्थापन गरिएको छ। वैशाख ६ गते डीआईजी बनेकाहरूलाई आज बुधबार गृह मन्त्रालयले पदस्थापन गरेको हो।  यसअघि प्रदेशको जिम्मा पाएका राजेशनाथ बास्तोला कोशी प्रदेशमा र भरत बोहरा सूदुरपश्चिम प्रदेशमै कायम भएका छन्। यी दुई जनालाई प्रहरी प्रधान कार्यालयले

त्यस्तै मधेश प्रदेशमा जनकराज भट्टराई, विष्णुकुमार केसी अन्वेषण योजना तथा विकास निर्देशनालय, रविन्द्र केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, चन्द्र कुबेर खापुङ अख्तियार दुरूपयोग अनुसन्धान आयोग र लालमणि आचार्यलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गरिएको छ।

त्यस्तै सुरेन्द्रप्रसाद मैनाली अपराध अनुसन्धान विभाग, अर्जुन चन्द ठकुरी साइबर ब्यूरो, यज्ञ विनोद पोखरेल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), विकासराज खनाल कार्य विभाग, कुबेर कडायत महानिरीक्षकको सचिवालय र केदार ढकाललाई प्रशासन विभागमा पदस्थापन गरिएको छ।

नेपाल प्रहरीमा यति बेला एसपीहरूको बढुवाको तयारी गरिएको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सम्भवत यो हप्ता १८ एसपीको एसएसपीमा बढुवा हुनेछ।

प्रकाशित: १३ वैशाख २०८० १५:४८ | Wednesday, April 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast