बारा-२ : उपेन्द्र यादवसँग मतान्तर घटाउँदै शिवचन्द्र कुशवाहा

हिमाल प्रेस १२ वैशाख २०८० १९:४३ | Tuesday, April 25, 2023
बारा-२ : उपेन्द्र यादवसँग मतान्तर घटाउँदै शिवचन्द्र कुशवाहा

काठमाडौँ– बारा क्षेत्र नम्बर २ मा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले फेरि मतान्तर घटाएका छन्। पछिल्लो विवरणअनुसार ५० हजार १६१ मतगणना हुँदा उपेन्द्र यादवले २०,४६३ मत पाएका छन्।

उनीभन्दा २ हजार ६६५ ले पछाडि रहेका जनमतका कुशवाहाले १७,७९८ मत पाएका छन्।

यसअघि उनी तीनहजार ४१ मतले पछाडि थिए। त्यसअघि मत परिणाम सार्वजनिक हुँदा उनी तीन हजार ३५० ले पछाडि थिए। मंगलबार दिउँसो त उनीहरूको मतान्तर पाँच हजारसम्म पुगेको थियो।

नेकपा (एमाले)का पुरुषोतम पौडेलले ६,१२१ मत पाउँदा रास्वपाका रमेश खरेलले २,४६६ मत पाएका छन्।

प्रकाशित: १२ वैशाख २०८० १९:४३ | Tuesday, April 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast