काठमाडौँ- प्रतिनिधिसभाका सांसद सूर्यप्रसाद ढकालले बाँकेस्थित नरैनापुर गाउँपालिकाका अग्निपीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै उनले सो गाउँपालिकामा आगलागीबाट १२ घर, गोठ, अन्न, लत्ताकपडा, भाडाकुँडा र चौपाया जलेर करिब २५ लाखभन्दा बढिको क्षति भएको उल्लेख गर्दै तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।
सांसद ढकालले भने, ‘यही वैशाख ८ गते बाँके क्षेत्र नम्बर १ नरैनापुर गाउँपालिकामा १२ वटा घर, गोठ, अन्न, लत्ताकपडा, भाडाकुँडा र पशुचौपाय जलेर पूर्ण रुपमा नष्ट भएको छ। २५ लाख भन्दा बढिको क्षति भएको छ। छिटो भन्दा छिटो यी अग्नी पीडितहरुलाई राहत उपलब्ध गराउन सभामुखमार्फत नेपाल सरकारसँग माग गर्दछु।’
गाउँपालिकामा वैशाख ८ गते आगलागी भएको थियो। अहिलेसम्म पनि राहत नपाएपछि पीडित खुला आकाशमा बस्न बाध्य भएको ढकालले बताए।




