जितनारायणले रविलाई बधाई दिँदै भने : जनताले परिवर्तन खोजेका रहेछन्

हिमाल प्रेस १२ वैशाख २०८० १०:४० | Tuesday, April 25, 2023
जितनारायणले रविलाई बधाई दिँदै भने : जनताले परिवर्तन खोजेका रहेछन्

काठमाडौँ- प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा चितवन-२ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले अर्का उम्मेदवार रवि लामिछानेलाई बधाई दिएका छन्। मतगणनाको अन्तिम परिणाम नआउँदै लामिछानेको जित निश्चितजस्तै भएपछि श्रेष्ठले उनलाई बधाई दिएका हुन्।

यो निर्वाचनले परम्परागत दलहरू सच्चिनुपर्ने सन्देश दिएको उनले बताए। ‘आमजनताले परिवर्तन खोजेको रहेछन्, यो निर्वाचनले राजनीतिक दलहरू सच्चिनुपर्छ भन्ने सन्देश दिएको छ,’ हामीमा भएको कमीकमजोरीलाई सुधार गर्दै जानुपर्छ।’

उनले परिणामलाई स्वीकार गर्दै लामिछानेलाई आफ्नो तर्फबाट हुने सहयोग गर्ने पनि बताए।

प्रकाशित: १२ वैशाख २०८० १०:४० | Tuesday, April 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast