सुरज पण्डितको नयाँ गीत ‘रूने बनायौ’ (भिडियोसहित)

हिमाल प्रेस ११ वैशाख २०८० १७:४० | Monday, April 24, 2023
सुरज पण्डितको नयाँ गीत ‘रूने बनायौ’ (भिडियोसहित)

काठमाडौँ- ‘रेलको बाटो’ गीतबाट चर्चित बनेका गायक सुरज पण्डितको स्वरमा ‘रूने बनायाै’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।

गीत गायक पण्डितकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। रवीन भण्डारी (रत्न)को शब्द रहेको गीतमा गायक पण्डितले नै संगीत भरेका छन्। गीतमा कमल सौरागको संगीत संयोजन छ।

गायक पण्डितकै कथामा तयार भएको गीत प्रेम कथामा आधारित छ। विक्रम चौहानको निर्देशनमा बनेको गीतको भिडियोमा कलाकार विक्रम बुढाथोकी र खुशी थापाले अभिनय गरेका छन्।

प्रकाशित: ११ वैशाख २०८० १७:४० | Monday, April 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast