बारा-२ मा सिल टुटेका मतपेटिका फेला, मतगणना स्थलमा लाइभ गर्न माग

हिमाल प्रेस ११ वैशाख २०८० १२:०५ | Monday, April 24, 2023
बारा-२ मा सिल टुटेका मतपेटिका फेला, मतगणना स्थलमा लाइभ गर्न माग जनमत पार्टीका अध्यक्ष डा. सीके राउत।

काठमाडौँ- मतपेटिकामा सिल टुटेको भेटिपछि जनमत पार्टीले बारा २ को मतगणना स्थलको लाइभ गर्न माग गरेका छन्। उनले जनमत पार्टीका अध्यक्ष सिके राउतले बाराको सुवर्ण गाउँपालिकाका चारवटा मतपेटिका सिल टुटेको अवस्थामा फेला परेको बताएका छन्।

बारा-२ मा जनमत पार्टीले जनता समाजवादी पार्टीले धाँधली गरेर चुनाव जित्ने रणनीतिमा लागेको आरोप लगाउँदै आइरहेको छ। अध्यक्ष राउतले बारा-२ को उपनिर्वाचनको मतगणनाको प्रत्यक्ष प्रसारण गर्न माग गरेका छन्।

अध्यक्ष राउतले सामाजिक सञ्जाल ट्विटरमा एउटा भिडियो पोष्ट गर्दै लेखेका छन्, ‘बारा-२ मा मतगणना स्थलको लाइभ हुनुपर्छ।‌ सप्तरी-२ मा हामीले भोगिसकेका छौँ, हार्न लागेपछि जसपाले भित्र नै उत्पात र दंगा मचाएर निर्वाचन बदर गराउने कसरी कोसिस गरेको थियो। प्रहरी प्रमुखको मिलेमतो थियो।’

जसपाका अध्यक्ष उपेन्द्र यादव उक्त क्षेत्रबाट उम्मेदवार छन् भने जनमतबाट शिवचन्द्र कुशवाह उम्मेदवार रहेका छन्। यस्तै नेकपा एमालेबाट पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल उम्मेदवार रहेका छन्।

प्रकाशित: ११ वैशाख २०८० १२:०५ | Monday, April 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast