संकटमा छ भन्नेहरूले अर्थतन्त्र बुझेकै छैनन् : अर्थमन्त्री

हिमाल प्रेस १५ मंसिर २०७९ १२:१९
18
SHARES
संकटमा छ भन्नेहरूले अर्थतन्त्र बुझेकै छैनन् : अर्थमन्त्री

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा नभएको बताएका छन्। बिहीबार आर्थिक पत्रकारहरूको संस्था सेजनको २६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले अर्थतन्त्र संकटमा छ भन्ने कुरा अबुझले भन्ने कुरा भएको बताएका हुन्।

‘यो अर्थतन्त्र एकैपटक माथि पुग्ने अनि एकैपटक गहिराइमा पुग्ने होइन। चुनौती छन्, सूचकांक सुधारका आधार छन्,’ उनले भने, ‘सञ्चित सुधार छ, त्यसैले म भन्छु कहाँ छ संकट ?’

उनले अर्थतन्त्र क्षेत्रका व्यक्तिलाई संकट देखाइदिन र त्यसको सुधारको उपाय दिन पनि आग्रह गरे। ‘नेपालको अर्थतन्त्रको नयाँ आयाम खोज्नुपर्छ, पूर्वधार बन्दैछन्, हाम्रो भविष्य उज्जवल छ,’ उनले भने, ‘हामीले हाम्र्रो पानीको प्रयोग गर्दै विद्युतीय व्यापारमा लगानी केन्द्रित गर्ने, युवालाई आईटी क्षेत्रमा रोजगारी दिने, कृषि केन्द्रित उत्पादनमा ध्यान दिनुपर्ने छ।’

प्रकाशित: १५ मंसिर २०७९ १२:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eight =