बजेट निर्माणबारे छलफलमा कांग्रेस

हिमाल प्रेस ११ वैशाख २०८० ११:१५ | Monday, April 24, 2023
बजेट निर्माणबारे छलफलमा कांग्रेस फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरु भएको हो।

आगामी वर्षको बजेट निर्माण प्रक्रियाबारे पूर्व छलफलका लागि बैठक बसेको हो। आर्थिक अवस्था जटिल रहेको अवस्थामा कस्ता विषयलाई बजेटमा प्राथमिकता दिने भन्ने बारेमा पार्टीले विज्ञहरूलाई राखेर सुझाव र सल्लाह लिने योजनासहित बैठक बसेको हो।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, अर्थमन्त्री डा.प्रकाशशरण महत, महामन्त्री विश्वप्रकाश शर्मा लगायत सांसदको उपस्थिति छ।

प्रकाशित: ११ वैशाख २०८० ११:१५ | Monday, April 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast