
काठमाडौँ- आइतबार भएको बारा-२ को उपनिर्वाचनको मतगणनाको लागि सर्वदलीय बैठक सुरु भएको छ। सर्वदलीय बैठकले मतगणना सुरुको समय निर्धारण गर्ने जनाइएको छ।
बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धनबाट उम्मेदवार छन् भने नेकपा एमालेबाट पुरुषोत्तम पौडेल उम्मेदवार छन्। जनमत पार्टीबाट शिवचन्द्र कुशवाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रमेश खरेल प्रतिस्पर्धामा उत्रिएका छन्। यसक्षेत्रमा जसपाका यादव र जनमतका कुशवाहबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान छ।
तीन वटा जिल्लामा भएको निर्वाचनअन्तर्गत तनहुँमा गएरातिबाट नै मतगणना सुरु भएको छ भने चितवन र बारामा आजबाट गर्ने तयारी छ।
प्रकाशित: ११ वैशाख २०८० ८:२६
प्रतिक्रिया