गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

हिमाल प्रेस १० वैशाख २०८० १९:१२ | Sunday, April 23, 2023
गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

पोखरा- गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शनिबार मध्यरातदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।

गएराति देखि अधिवेशन अन्त्य भए पनि सोबारे प्रदेश प्रमुख कार्यालयले आइतबार साँझमात्र प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो।

शनिबार मात्र मुख्मन्त्री खगराज अधिकारी संसदबाट विश्वासको मत पाउन नसकेपछि पदमुक्त भएका थिए।

अर्को सरकार गठनका लागि प्रदेश प्रमुखले अब आह्वान गर्नुपर्नेछ। तर नेपाली कांग्रेस वा माओवादी केन्द्रमध्ये कसले नेतृत्व गर्ने भन्ने विषय पेचिलो बन्दै गएको छ। त्यसैले संविधानको धारा १६८ (२) वा (३) बमोजिम सरकार गठनका लागि आह्वान गर्छन् भन्ने कौतुहलताको विषय बनेको छ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस २७ सदस्यसहित ठूलो दल हो। एमाले २२, माओवादी केन्द्र ८, राप्रपाका २ सांसद छन्।

प्रकाशित: १० वैशाख २०८० १९:१२ | Sunday, April 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast