आज उपनिर्वाचन, बिहान ७ बजेदेखि मतदान

हिमाल प्रेस १० वैशाख २०८० ६:३२ | Sunday, April 23, 2023
आज उपनिर्वाचन, बिहान ७ बजेदेखि मतदान फाइल तस्बिर

काठमाडौँ- आज (आइतबार) तीन प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचत हुँदैछ। निर्वाचन आयोगको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको अवधि तोकिएको छ। बारा २, चितवन २ र तनहुँ १ मा हुने उपनिर्वाचनमा निर्धक्क भई मतदान गर्न आयोगले आग्रह गरेको छ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न विशेष सजगता अपनाइएको आयोगले जनाएको छ। मतदानका समयमा मौसमी प्रतिकूलताबाट हुनसक्ने प्रभावको पूर्वतयारीका लागि त्रिपाललगायत सामग्रीको बन्दोबस्त गर्न स्थानीय प्रशासन तथा स्थानीय तहलाई आवश्यक निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले जानकारी दिए।

मतदान सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाई मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो छेकेर मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने, वादविवाद, हूलहुज्जत वा असमान्य परिस्थिति सिर्जना गर्ने वा गराउन खोज्ने जो कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरी मतदान कार्यलाई निर्वाधरूपमा सम्पन्न गर्न सम्बद्ध निकायलाई आयोगले निर्देशन दिएको छ।

प्रकाशित: १० वैशाख २०८० ६:३२ | Sunday, April 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast