रामपुर मेलाबाट एक करोड आठ लाख बराबरको आम्दानी

हिमाल प्रेस ९ वैशाख २०८० ८:३७ | Saturday, April 22, 2023
रामपुर मेलाबाट एक करोड आठ लाख बराबरको आम्दानी सांकेतिक तस्बिर

पाल्पा- रामपुरमा सञ्चालन भएको व्यापार मेलाबाट एक करोड ८७ लाख रुपैयाँ बराबरको आम्दानी भएको छ।

रामपुर उद्योग वाणिज्य संघले आयोजना गरेको तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा एक करोड आठ लाख चार हजार नौ सय ५० रुपैयाँ आम्दानी र ६८ लाख २२ हजार सात सय १५ रुपैयाँ बराबरको खर्च रहेको जानकारी गराइएको छ।

शुक्रबार पत्रकार सम्मेलन गरी संघले मेलाको आम्दानी र खर्चको विवारण सार्वजनिक गरेको हो। संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले मेलाबाट ४० लाख ५२ हजार दुई सय ३५ रुपैयाँ वचत भएको बताए।

प्रवेश टिकट बिक्रीबाट ४६ लाख ४७ हजार पाँच सय ८० रुपैयाँ, विशेष टिकट बिक्रीबाट ३८ हजार दुई सय ५० रुपैयाँ, स्टल तथा होटलबाट ४१ लाख पाँच हजार रुपैयाँ, प्रायोजक तथा सहप्रयोजकबाट आठ लाख ३६ हजार पाँच सय ५० रुपैयाँ, भलिबल खेलबाट‍ २६ हजार चार सय रुपैयाँ आम्दानी भएको छ।

कृषि ज्ञान केन्द्र पाल्पाबाट ७१ हजार एक सय ७० रुपैयाँ, रामपुर नगरपालिकाबाट १० लाख रुपैयाँ, पूर्वखोला, निस्दी र रम्भा गाउँपालिकाबाट ५०÷५० हजार रुपैयाँ गरी एक करोड आठ लाख ७४ हजार नौ सय ५० रुपैयाँ आम्दानी भएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए।

आम्दानी भएको रकममध्ये पालिकाबाट रकम भुक्तानी लिन बाँकी रहेको छ। मेलाबाट वचत भएको रकम संघको भवन निर्माण, व्यवस्थितरुपमा कार्यालय सञ्चालन र संघका सदस्यको क्षमता अभिवृद्धिका लागि खर्च गरिने वरिष्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठले बताए।

केही रकम आउन ढिला भएकाले समयमै खर्च सार्वजनिक गर्न नसकिएको र लेखापरीक्षणपश्चात् मात्रै खर्च सार्वजनिक गरिएको छ। रामपुरमा गत माघ २७ देखि फागुन ८ गतेसम्म तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला भएको थियो।

प्रकाशित: ९ वैशाख २०८० ८:३७ | Saturday, April 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast