गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

हिमाल प्रेस ९ वैशाख २०८० ७:०२ | Saturday, April 22, 2023
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन्।

मुख्यमन्त्री अधिकारीले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिन लागेका हुन्।

विश्वासको मत लिने विषयलाई प्रदेशसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि मुख्यमन्त्रीले पत्रमार्फत यसअघि नै सूचना दिइसकेको छ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।

६० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ३१ सदस्य आवश्यक पर्छन्।

प्रकाशित: ९ वैशाख २०८० ७:०२ | Saturday, April 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast