आइएमई अटोमोटिभद्वारा महिलालाई हेभी इक्वीपमेन्ट अपरेटर तालिम

हिमाल प्रेस ७ वैशाख २०८० २१:१९ | Thursday, April 20, 2023
आइएमई अटोमोटिभद्वारा महिलालाई हेभी इक्वीपमेन्ट अपरेटर तालिम

काठमाडौँ- आइएमई अटोमोटिभ एस्कर्टस्ले महिलालाई हेभी इक्वीपमेन्ट अपरेटर तालिम दिएको छ। महिलालाई सीप सिकाएर रोजगारी र सशक्तीकरणमा टेवा पु¥याउने उद्देश्यले महिलालाई निःशुल्क तालिम दिइएको हो।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबारदेखि सुरु भएको उक्त तालिमको उद्घाटन गरे।

कार्यक्रममा अध्यक्ष ढकालले महासंघको अध्यक्षको रूपमा आफूले राखेका पाँचवटा प्राथमिकतामा सीपयुक्त जनशक्ति उत्पादन उच्च प्राथमिकतामा रहेको बताए।

जनशक्तिलाई दक्ष बनाउन सकेमा उद्योग व्यवसायमा आवश्यक दक्ष जनशक्तिको अभाव पुरा हुने र वैदेशिक रोजगारमा जाँदा पनि प्रतिष्ठित र उच्च तलबमान पाउन सकिने हुनाले आफूले सीपमूलक तालिम र दक्ष जनशक्ति उत्पादन तथा विकासमा विशेष पहल लिने अध्यक्ष ढकालको भनाइ थियो।

अध्यक्ष ढकालले महिलालाई सीप दिई दक्ष बनाउन सकेमा महिला सशक्तीकरणमा समेत विशेष योगदान पुग्ने धारणा राखे।

प्रकाशित: ७ वैशाख २०८० २१:१९ | Thursday, April 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast