नेपाल प्रहरीका तत्कालीन डीएसपी बस्नेतलाई १५ दिन कैद र ५ हजार जरिबाना तोकियो

हिमाल प्रेस ६ वैशाख २०८० १७:४८ | Wednesday, April 19, 2023
नेपाल प्रहरीका तत्कालीन डीएसपी बस्नेतलाई १५ दिन कैद र ५ हजार जरिबाना तोकियो सर्वोच्च अदालत

काठमाडौँ- अदालतको अवहेलनाको मुद्दामा नेपाल प्रहरीका एक डीएसपीलाई दोषी ठहर गरी सजाय तोकिएको छ। सर्वोच्च अदालतले अवहेलना मुद्दामा दोषी ठहर भएका तत्कालीन डीएसपी रमेश बस्नेतलाई १५ दिन कैद र ५ हजार रुपैयाँ जरिबानाको सजाय सुनाइएको हो।

अंश सम्बन्धी मुद्दामा पाटन उच्च अदालतले गरेको आदेश नटेरेको भन्दै जगतमाया श्रेष्ठ र उनका छोरा इन्द्रबहादुर श्रेष्ठले काठमाडौँ प्रहरी परिसर र मुद्दा शाखामा कार्यरत तत्कालीन डीएसपी बस्नेतविरुद्ध २०७२ सालमा सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दायर गरेका थिए। बस्नेत हाल नेपाल प्रहरीको एसपी छन्।

उक्त मुद्दामा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले अन्तिम सुनुवाइ गर्दै सजाय तोकेको को।

फैसलाको पूर्ण पाठमा बस्नेतले क्षमायाचनासहित निवेदन दिएको अवस्थामा उनलाई भएको सजाय मिनाहा हुन सक्ने व्यहोरा पनि उल्लेख छ। यसका लागि बस्नेतले फैसलाबारे जानकारी पाएको तीन महिनाभित्र पुरानवेदन दिँदै गल्ती गरेकोप्रति क्षमायाचना माग्नुपर्नेछ।

प्रकाशित: ६ वैशाख २०८० १७:४८ | Wednesday, April 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast