एनएमबि बैंकद्वारा हेजिङ कारोबार सम्पन्न

हिमाल प्रेस ६ वैशाख २०८० १६:१९ | Wednesday, April 19, 2023
एनएमबि बैंकद्वारा हेजिङ कारोबार सम्पन्न

काठमाडौँ- एनएमबि बैंकले नेपालको पहिलो हेजिङ कारोबार सम्पन्न गरेको छ। द्य करेनसी एक्सचेन्ज फन्ड (टीसीएक्स) र एमएफएक्स करेन्सी रिस्क सोलुसनसँगको सहकार्यमा बैंकले हेजिङ करोबार गरेको हो। ‘विकासोन्मुख देशहरूको आर्थिक उन्नतिका लागि डेभलपमेन्ट फाईनान्स ईन्सटिट्यूसन (डीएफआईएस)हरूले प्रदान गर्ने आर्थिक सहयोग निकै महत्त्वपूर्ण हुन्छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘नेपालमा उपलब्ध स्रोत र साधनहरूका कारण केही समयदेखि यस्तो सहयोग प्राप्त गर्ने रोजाइको देश भएको छ।’

उक्त किसिमका विदेशी दातृ निकायहरूबाट प्राप्त हुने सहयोगले नेपालको आर्थिक उन्नतिमा महत्त्वपूर्ण भुमिका खेल्ने भएकाले विदेशी मुद्राको उतारचढाव नियन्त्रण गर्न बैंक तथा वित्तीय संस्थाको भूमिका हुनुपर्ने एनएमबि बैंकको भनाइ छ।

उतारचढाव नियन्त्रण गर्नका लागि वासिङ्टनडिसीका टीसीएक्स र एमएफएक्ससगँको सहकार्यमा ८ मिलियन अमेरिकी डलर बराबरको रकम हेजिङ कारोबार गरी नेपालकै पहिलो हेजिङ कारोबार सम्पन्न गरेको बैंकले बताएको छ।

नन्डेरिभरेबल क्रस करेन्सीस्वाप गर्न प्रयोग गरिएको हेजिङ उपकरण टीसीएक्सले उपलब्ध गराएको बैंकको भनाइ छ। सोसम्बन्धि कारोबार गर्न एमएफएक्सले सहजकर्ताको भूमिका निर्वाह गर्ने बैंकको भनाइ छ।

प्रकाशित: ६ वैशाख २०८० १६:१९ | Wednesday, April 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast