सिंहदरबारको कामकाज ठप्प पार्ने कर्मचारीको चेतावनी

हिमाल प्रेस ६ वैशाख २०८० १५:४७ | Wednesday, April 19, 2023
सिंहदरबारको कामकाज ठप्प पार्ने कर्मचारीको चेतावनी

काठमाडौँ– कर्मचारीहरूले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको कामकाज ठप्प पार्ने चेतावनी दिका छन्। प्रस्तावित संघीय निजामती सेवा ऐनमा कर्मचारीले उठाउँदै आएका विषयहरू समावेश नगरीएको भन्दै कर्मचारीहरूले आन्दोलनको तयारी गरेको बताएका छन्।

ट्रेड युनियनहरूले यही वैशाख १९ र २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एसएमएस पठाएर ध्यानाकर्षण गर्ने कार्यक्रम सार्वजनिक गरेका छन्।

त्यस्तै वैशाख २१ गते सिंहदरबारमा कार्यरत कर्मचारी कार्यालय नआउने पनि भनिएको छ। सरकारले कर्मचारीको समस्या समाधान गर्न, माग सम्बोधन गर्न चासो नदिएपछि आन्दोलनको सुरुवात गरिएको कर्मचारी युनियनका नेता प्रकाश भट्टराईले जानकारी दिए। कर्मचारीहरू प्रतिनिधिसभाको चालु अधिवेशनबाट संघीय निजामती सेवा ऐन पारित गर्नुपर्ने बताएका छन्।

प्रकाशित: ६ वैशाख २०८० १५:४७ | Wednesday, April 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast