चितवन पुगेर प्रकाशमानले भने : वैशाख १० को निर्वाचन उपलब्धि रक्षाको परीक्षा हो

हिमाल प्रेस ६ वैशाख २०८० ११:५२ | Wednesday, April 19, 2023
चितवन पुगेर प्रकाशमानले भने : वैशाख १० को निर्वाचन उपलब्धि रक्षाको परीक्षा हो

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वैशाख १० को निर्वाचन उपलब्धिको रक्षा गर्ने कि नगर्ने सवालको परीक्षा रहेको बताएका छन्।

आज चितवनको चुनावी कार्यक्रममा बोल्दै नेता सिंहले गठबन्धनका साझा उम्मेद्वारको जित भनेको लोकतन्त्रवादीको जित हुने बताएका छन्।

उनले जन्ताले आवेगमा नभइ विवेकले मतदान गर्नेमा आफू विश्वत रहेको भन्दै सधै सुखदु:खमा उभिने सबैको घर आँगनमा सजिलै भेटिने उम्मेदवारका पक्षमा मतदान गर्नुपर्ने बताएका छन्।

नेता सिंहले गठबन्धनको साझा उम्मेद्वार जितनारायण श्रेष्ठ सबैका लागि सर्वस्वीकार्य उम्मेद्वार रहेको बताउँदै चितवनको विकास र समृद्धिको लागि यस पटक जितनारायण लाई जिताउन अपिल समेत गरे।

प्रकाशित: ६ वैशाख २०८० ११:५२ | Wednesday, April 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast