संवैधानिक परिषद् बैठक निष्कर्षविहीन, भएन प्रधानन्यायाधीश नियुक्ति

हिमाल प्रेस ६ वैशाख २०८० १०:०३ | Wednesday, April 19, 2023
संवैधानिक परिषद् बैठक निष्कर्षविहीन, भएन प्रधानन्यायाधीश नियुक्ति फाइल तस्बिर।

काठमाडौँ- संवैधानिक परिषद् बैठक निष्कर्षविहीन बनेको छ।

आज बिहान सिंहदरबारमा बसेको बैठकको आजको एजेन्डा प्रधानन्यायाधीश नियुक्ति थियो। तर बैठकमा छलफल भए पनि बैठक निष्कर्षमा नपुगेको संवैधानिक परिषद्का सदस्य एवं राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बताएका छन्।

प्रधानन्यायाधीश नियुक्तिको विषय अर्को बैठक बसेर टुंग्याइने जनाइएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र उपप्रधान एवं कानुनमन्त्री पूर्णबहादुर खड्का सहभागी भएका थिए।

प्रकाशित: ६ वैशाख २०८० १०:०३ | Wednesday, April 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast