एकीकृत समाजवादीले संगठन सुदृढीकरण अभियान थप २ महिना चलाउने

हिमाल प्रेस ६ वैशाख २०८० ८:४८ | Wednesday, April 19, 2023
एकीकृत समाजवादीले संगठन सुदृढीकरण अभियान थप २ महिना चलाउने फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले संगठन सुदृढीकरण विशेष अभियान जेठ मसान्त सम्म चलाउने भएको छ।

मंगलबार बसेको समाजवादीको सचिवालय बैठकले थप २ महिना अभियान चलाउने निर्णय गरेको हो। थप प्रभावकारी तवरले अभियान चलाउने निर्णय भएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

उनका अनुसार पार्टी संगठनले त्यसै अनुसार कार्ययोजना निर्माण गरी अघि बढ्ने छ। यसका साथै भ्रातृ संगठनलाई पनि चलायामान बनाएर अघि बढाउने निर्णय भएको छ। केन्द्रीय नेतालाई समेत विशेष जिम्मेवारी गरेर मुलुकभर संगठन बिस्तारमा लाग्ने समेत बैठकले निर्णय गरेको हो।

यसका साथै पार्टीबाट सरकारमा गएका मन्त्रीलाई समेत जनताको कामलाई प्रभावकारी ढंगबाट अघि बढाउन आग्रह गरेको हो। समाजवादीबाट केन्द्रीय सरकारमा एक राज्यमन्त्रीसहित दुईमन्त्रीको सहभागिता छ।

प्रकाशित: ६ वैशाख २०८० ८:४८ | Wednesday, April 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast