करेन्ट लागेर घाइते शिक्षकको मृत्यु

हिमाल प्रेस ४ वैशाख २०८० १२:११ | Monday, April 17, 2023
करेन्ट लागेर घाइते शिक्षकको मृत्यु प्रतिनिधिमूलक तस्बिर

तनहुँ- तनहुँको घिरिङ गाउँपालिका-२, कोलडाँडास्थित भित्री सडकखण्डमा गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा घाइते भएका शिक्षकको आज (सोमबार) मृत्यु भएको छ।

मृत्यु हुनेमा बझाङको तल्लाकोट गाउँपालिका–२ बस्ने २७ वर्षीय जीवन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

पार्वती आधारभूत विद्यालयमा भर्खरै नियुक्त भएका शिक्षक रोकाया विद्यालयबाट फर्किँदै गर्दा कोलडाँडामा लत्रिएको लाइनको तारमा मोटरसाइकल छोइएको थियो। घाइते उनको आज पोखरामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक मध्यनेपाल नगरपालिका–७, करापुरटार बस्ने ५० वर्षीय तीर्थ घिमिरेको घाइते अवस्थामा पोखरामा उपचार भइरहेको छ।

प्रकाशित: ४ वैशाख २०८० १२:११ | Monday, April 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast