प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने सहमति

हिमाल प्रेस ४ वैशाख २०८० १२:१२
6
SHARES
प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने सहमति रमेश लेखक

 

काठमाडौँ– प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियालाई अघि बढाउन प्रमुख राजनीतिक दलबीच सहमति भएको छ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज बिहान बसेको बैठकमा प्रधानन्यायाधीश प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक बोलाउने सहमित भएको बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।

बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

‘सर्वोच्च अदालतको प्रधानन्यायाधीश कार्यवाहकको भरमा चलेको छ। लामो समयदेखि नेतृत्व कार्यवाहक रहेकोले, यो स्थिति रहनुहुँदैन भन्ने कुरा उठिराखेको छ। प्रधानमन्त्रीले यो कुरामा विशेष पहल गर्नुभयो।’

लेखकले भने,‘प्रधानमन्त्रीले प्रधानन्यायाधीशको स्थायी नियुक्तको लागि पहल गर्नुभयो। प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक डाक्ने र प्रधानन्यायाधीश नियुक्त गर्ने प्रस्ताव राख्नुभयो।’

लामो समयदेखि अदालत कायममुकाम प्रधानन्यायाधीशको भरमा चलेको छ। न्यायिक निकायले समेत सरकारलाई तत्काल प्रधानन्यायधीश नियुक्ति गर्न दबाब दिइरहेको छ। हाल कायममुकायम प्रधानन्यायाधीशका रूपमा हरिकृष्ण कार्की छन्।

प्रकाशित: ४ वैशाख २०८० १२:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast