तनहुँको पिउरी दोभानमा जिप दुर्घटना : चालकको मृत्यु, सातजना घाइते

हिमाल प्रेस ४ वैशाख २०८० ८:०८ | Monday, April 17, 2023
तनहुँको पिउरी दोभानमा जिप दुर्घटना : चालकको मृत्यु, सातजना घाइते

तनहुँ- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानस्थित भित्री कच्ची सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा सात यात्रु घाइते भएका छन्।

स्याङ्जाको पुतलीबजार नगरपालिका–६ बस्ने ३९ वर्षीय कुलबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।

आइतबार साँझ दुलेगौडाबाट पिउरी दोभानतर्फ जाँदै गरेको ग १ ज ७९४२ नम्बरको जिप अनियन्त्रित भई सडकबाट १०८ फिट तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको हो।

जिप दुर्घटनामा शुक्लागण्डकी नगरपालिका–१२ बस्ने २१ वर्षीया मोतीकला भुजेल, सोही ठाउँ बस्ने ३५ वर्षीया बबिता भुजेल, ३१ वर्षीया कल्पना भुजेल, आठ वर्षीय आरभ भुजेल, ९ वर्षीया रुसिका थापा, ३० वर्षीया तिलकुमारी थापा र २७ वर्षीया हेमकुमारी भुजेल घाइते भएका छन्।

घाइतेमध्ये मोतिकलाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा र अन्यको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ।

प्रकाशित: ४ वैशाख २०८० ८:०८ | Monday, April 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast