नबिल बैंकका सीईओ ढुंगाना ‘प्रबल जनसेवा श्री’बाट सम्मानित

हिमाल प्रेस ३ वैशाख २०८० २१:१७ | Sunday, April 16, 2023
नबिल बैंकका सीईओ ढुंगाना ‘प्रबल जनसेवा श्री’बाट सम्मानित

काठमाडौँ- नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन्। ढुंगानालाई संविधान दिवसको अवसरमा घोषणा गरिएको पदक नयाँ वर्षमा हस्तान्तरण गरिएकोृ हो।

राष्ट्रिय जीवनका कुनै पनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान पु¥याउने विदेशी नागरिकलाई यो विभूषणबाट सम्मान गरिन्छ।

ढुंगानाले लामो समयदेखि बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवा श्री’बाट सम्मान गरेका हुन्। बैकिङ क्षेत्रमा साढे दुई दशक लामो अनुभव सँगालेका ढुंगाना नेपाल बंगलादेश बैंकमा १० वर्ष सीईओ रहेका थिए।

त्यसअघि उनी नेपाल क्रेडिट एण्ड कमर्स बैंकका महाप्रबन्धक थिए। राष्ट्र बैंकको निर्देशक पद छाडेर ढुंगाना निजी बैंकमा काम गर्न आएका थिए। भारतबाट सीए पढेका उनले अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेका छन्।

प्रकाशित: ३ वैशाख २०८० २१:१७ | Sunday, April 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast