सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्छ : गगन थापा

हिमाल प्रेस २ वैशाख २०८० १६:५९ | Saturday, April 15, 2023
सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्छ : गगन थापा फाइल तस्बिर

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका छन्। महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोेचेर काम गर्नुपर्ने बेला आएको बताएका हुन्।

नेपाली कांग्रेस मकवानपुर-काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले मुलुक संकटमा रहेको बेला सरकारले परिणाम दिने गरी काम गर्नुपर्ने बताए।

महामन्त्री थापाले सुझबुझपूर्ण ढंगले काम नगरे मुलुक झनै संकटमा पर्दै जाने भन्दै सरकारको ध्यानाकर्षण गराए। सरकारले राम्रो काम गर्दै गए ३÷४ महिना भित्रै मुलुक सम्हालिँदै जाने उनको भनाइ थियो। ‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, चाहे त्यो प्रदेशको मन्त्री होस् वा नगरको मेयर होस् वा वडाध्यक्ष होस्,’ उनले भने, ‘उसको सोच्ने तरिका भनेको नेपालमा अहिले महाविपत्ति आएको छ। संकटको बेला छ। युद्धको बेलामा जस्तो सोच्ने हुनु पर्दछ। अप्ठ्यारो महसुस गरेर मात्रै परिणाम दिने गरी काम गर्नुपर्दछ।’

महामन्त्री थापाले २०८० सालमा नेपाली कांग्रेसलाई शुद्धीकरण र सुदृढीकरण गर्न सिंगो पार्टीपंक्ति लाग्नुपर्ने पनि बताए। जेठ अन्तिम साता नेपाली कांग्रेसको नीति अधिवेशन हुने तयारी रहेको भन्दै उनले त्यसमा पार्टीको सुदृढीकरण र शुद्धीकरणका लागि व्यापक छलफल गर्न पनि पार्टीका नेता, कार्यकर्ताहरुलाई आग्रह गरे।

प्रकाशित: २ वैशाख २०८० १६:५९ | Saturday, April 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast