माओवादी नेताले भने- बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔँ

हिमाल प्रेस १४ मंसिर २०७९ १३:२५ | Wednesday, November 30, 2022
माओवादी नेताले भने- बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔँ

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ मतगणना जारी छ। खसेको एक करोड नौ लाखमध्ये बिहीबार दिउँसो १२ बजेसम्म एक करोड मतगणना भइसकेको निर्वाचन आयोगले जनाएको छ।

मतगणनाको नतिजाअनुसार २७ लाख मतसहित एमाले पहिलो स्थानमा छ। २५ लाख ५९ हजारसहित नेपाली कांग्रेस दोस्रो स्थानमा छ। माओवादी तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी चौथो र राप्रपा पाँचौं स्थानमा छन्। तर, अझै पनि राष्ट्रिय पार्टी बन्न एकीकृत समाजवादी संघर्षरत छ। बरु पहिलो निर्वाचनमा भाग लिएको जनमत पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड पार गरेको छ।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले अहिलेसम्म दुई लाख ८२ हजार मत प्राप्त गरेको छ। यो मतले एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्नबाट वञ्चित हुने भएको छ। अझै दोलखा, बाजुरा र स्याङ्जा २ मा मतगणना गर्न बाँकी छ। दोलखाका १० मतदान केन्द्रमा शुक्रबार पुनः मतदान हुँदैछ । त्यसैले सो निर्वाचनमा एकीकृत समाजवादीलाई सत्तागठबन्धनले आफ्नो समानुपातिक मत खसाएमा थ्रेसहोल्ड कट्ने र राष्ट्रिय पार्टी बन्ने सम्भावना पनि बाँकी नै छ।

त्यसमा पनि बाजुरा र स्याङ्जा २ मा १० हजार मत प्राप्त गरे एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न पनि सक्छ।

प्रकाशित: १४ मंसिर २०७९ १३:२५ | Wednesday, November 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast