समाजवादीले थप मन्त्रालय मागेपछि गठबन्धनका तीन नेताको बैठक निष्कर्षविहीन

हिमाल प्रेस २ वैशाख २०८० १२:२६
2
SHARE
समाजवादीले थप मन्त्रालय मागेपछि गठबन्धनका तीन नेताको बैठक निष्कर्षविहीन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा, समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहितका नेतासँग समसामियक राजनीतिका विषयमा छलफल गरेका हुन्। भेटमा समाजवादीले थप एक मन्त्रालय मागेको थियो।

थप एक मन्त्रालयको अडान समाजवादीले लिएपछि वैठक निष्कर्षविहीन बनेको थियो। समाजवादीले हाल दुई मन्त्रालय पाएको छ। शिक्षा मन्त्रालयमा उपाध्यक्ष बेदुराम भुसाल र भौतिक पूर्वाधार मन्त्रालयमा उपमहासचिव प्रकाश ज्वाला मन्त्री छन्।

सुरुवातबाटै समाजवादीले तीन मन्त्रालय माग्दै आएको छ। यता प्रधानमन्त्री भने दुई बाहेक अन्य मन्त्रालय दिन नसकिने अडानमा छन्।

उपनिर्वाचनमा भने ३ क्षेत्रमै गठबन्धनका उम्मेदवार जिताउने तीन नेताबीच सहमित भएको छ।

आउँदो वैशाख १० मा चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ। छलफलबाट कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र नेकपा समाजवादीबाट महासचिव घनश्याम भुसाल पनि सहभागी थिए ।

प्रकाशित: २ वैशाख २०८० १२:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast