कोर टिम भन्दै निकिताको नाम जोडिएपछि रविले जनाए आपत्ति

हिमाल प्रेस ३० चैत २०७९ ७:०७ | Thursday, April 13, 2023
कोर टिम भन्दै निकिताको नाम जोडिएपछि रविले जनाए आपत्ति फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले कोर टिममा भन्दै श्रीमती निकिता पौडेल लामिछानेको नाम प्रचार भएकोप्रति आपत्ति जनाएका छन्।

सभापति लामिछानेले बुधबार राति सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन्। उनले आफ्नो श्रीमानको प्रगतिबाहेक केही लिनु दिनु नभएकी एक योग्य र सक्षम महिलामाथि कायरहरू खनिएका भन्दै आक्रोश पोखेका छन्।

लामिछानेले भनेका छन्, ‘एक आफैमा योग्य, सक्षम महिला जसलाई आफ्नो श्रीमानको प्रगति बाहेक राजनीतिमा केही लिनु दिनु छैन, कायरहरु उसमाथि खनिएका छन्। बिना आधार, बिना प्रमाण कायरतापूर्वक गरिएको आक्रमणको हिसाब राखेका छौं।’
उनले निराधार राखिएका समाचार र पोस्टहरु नहटाए कडा कानुनी प्रक्रियामा जाने चेतावनी समेत दिएका छन्। निकिताले बिना कारण बदनामी र तनाव सहनुपरेकोप्रति क्षमा माग्दै लामिछानेले आफूहरूले घेराबन्दी तोड्ने र जित हासिल गरेरै छाड्ने बताएका छन्।

बुधबार रास्वपाबाट बर्खास्त गरिएका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले आफूलाई फसाए कोर टिमबारे बाहिर कुरा ल्याउन अभिव्यक्ति दिएका थिए। त्यससँगै निकता पौडेलको समेत नाम राखेर सामाजिक सञ्जालमा प्रचार भएको थियो।

प्रकाशित: ३० चैत २०७९ ७:०७ | Thursday, April 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast