‘माग्ने बुढा’को जन्मदिनमा हास्य कलाकारिताका कुरा

हिमाल प्रेस २८ चैत २०७९ १६:१२
2
SHARE
‘माग्ने बुढा’को जन्मदिनमा हास्य कलाकारिताका कुरा

काठमाडौँ- हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) आजदेखि ४८ वर्षमा प्रवेश गरेका छन्। आजकै दिन २०३२ सालमा मकवानपुर जिल्लामा उनी जन्मिएका हुन्। जन्मदिनको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा घिमिरेलाई थुप्रै कलाकारहरूले जन्मोत्सवको शुभकामना दिएका छन्।

कलाकार शिवहरि पौडेलले घिमिरेले जुन फिल्ममा खेले पनि सफलता मात्रै हात लाग्ने र घिमिरेको फिल्म हेर्न जाने मान्छेको कमी नहुने भन्दै प्रशंसा गरे। कलाकारिताको उच्च तहमा पुगिसकेको र त्यहाँबाट तल झर्ने स्थिति नहोस् भन्दै पौडेलले उनलाई जन्मदिनको शुभकामना दिए। कलाकार घिमिरेले चलचित्र र कलाकारितामा दिएको योगदानले हास्य कलाकारको कद झनै बढ्दै गएको उनले बताए।

कार्यक्रममा कलाकार किरण केसीले आफूसँग काम गर्दाको अनुभवलाई सम्झँदै कलाकारिता सुरुवात गर्दा आफूलाई धेरै सहयोग गरेको बताए। घिमिरे सालिन, भद्र र सकारात्मकता भएको व्यक्ति भएको केसीले बताए। ‘हास्य कलाकारहरूको प्रतिस्पर्धा रहे पनि एउटालाई दुःख पर्दा अर्कोले सहयोग गर्ने भावना हास्य कलाकारहरूमा मात्रै छ,’ उनले भने।

कलाकार घिमिरेलाई जन्मदिनको शुभकामना दिँदै कलाकार दीपकराज गिरीले घिमिरेको संघर्षबाट नै आज यो स्थान हासिल गर्न सफल भएको बताए।

गिरीले घिमिरेसँग चलचित्रमा सहयात्रा गरेको १० वर्ष भएको बताउँदै आफूलाई मानसिक, भौतिक रूपमा, चलचित्र लेखनलगायतका क्षेत्रमा साथ दिँदा आफूलाई झनै राम्रो भएको र यात्रा अझै अघि बढ्ने विश्वास व्यक्त गरे।

त्यस्तै कलाकार दीपाश्री निरौलाले कलाकार घिमिरे जस्तोसुकै परिस्थितिमा पनि सल्लाह र सुझाव दिने गरेको बताइन्। घिमिरे र आफ्नो चलचित्रको सहयात्रा १० वर्ष पुगिसकेको र कलाकार घिमिरे एउटै पात्रमा आधारित रहेर आफ्नो परिचय दिन सक्ने व्यक्ति भएको भन्दै दीपाले प्रशंसा गरिन्।

कार्यक्रममा कलाकार केदार घिमिरेले चलचित्रको सहयात्रा र आफ्नो पात्रले अहिलेसम्म दर्शकलाई मनोरञ्जन दिन सकेकोमा खुसी व्यक्त गरे। उनले आगामी दिनमा झनै मनोरञ्जनात्मक चलचित्रहरू पस्किने प्रतिबद्धता व्यक्त गरे।

कलाकार घिमिरेको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा पुगेका अन्य कलाकारले पनि घिमिरेलाई जन्मदिनको शुभकामना व्यक्त गरेका थिए।

प्रकाशित: २८ चैत २०७९ १६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + fifteen =