माओवादी संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस २८ चैत २०७९ १०:५६ | Tuesday, April 11, 2023
माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौँ- नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक मंगलबार बस्दैछ।

संसदीय समितिको नेतृत्वको चयनका लागि बैठक बस्न लागेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

उनका अनुसार बैठक मध्याह्न १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकले समितिमा बस्ने नेताहरूको नाम टुंग्याउने छ।

सोमबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समिति बैठकले विषयगत समितिलाई छिटो टुंगो लगाउने निर्णय गरेको थियो।

समितिमा रहनेहरूको नाम दलहरूले एक/दुई दिनभित्रै बुझाउने तयारी गरेका छन्।

प्रकाशित: २८ चैत २०७९ १०:५६ | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast