अख्तियार दुरुपयोग अनुसन्धान आयोग संशोधन विधेयक राष्ट्रिय सभाबाट पारित

हिमाल प्रेस २७ चैत २०७९ १५:५४ | Monday, April 10, 2023
अख्तियार दुरुपयोग अनुसन्धान आयोग संशोधन विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौँ– ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७६’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६’ राष्ट्रिय सभाबाट पारित भएको छ। सोमबार बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले पेस गरेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिँदै कृषि तथा पशुपंक्षी विकासमन्त्री भुसालले सो विधेयक प्रतिनिधि सभामा पनि छलफल गरी समृद्ध बनाउने प्रतिवद्धता व्यक्त गरे।

उनले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामको दायरालाई समेटने गरी सो विधेयक संशोधन गर्नु परेको पनि स्पष्ट पारे।

बैठकमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन २०७८/७९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बत्तिसौं वार्षिक प्रतिवेदन पनि पेस गरिएको छ। दुवै प्रस्ताव प्रधानमन्त्री प्रचण्डको तर्फबाट कृषि तथा पशुपंक्षी विकासमन्त्री बेदुराम भुसालले पेस गरेका हुन्।

राष्ट्रिय सभाको अर्को बैठक चैत ३० गते बिहीबार दिउँसो १:०१ बजे बस्नेछ।

प्रकाशित: २७ चैत २०७९ १५:५४ | Monday, April 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast