मिटर ब्याजपीडित र सरकारीबीच आज पुनः वार्ता

हिमाल प्रेस २७ चैत २०७९ ८:५६ | Monday, April 10, 2023
मिटर ब्याजपीडित र सरकारीबीच आज पुनः वार्ता

काठमाडौँ- मिटर ब्याजपीडितको दोस्रो समूह र सरकारी टोलीबीच आज (सोमबार) पुनः वार्ता हुँदैछ। हिजो आइतबार शान्तिबाटिकास्थित मिटरब्याजपीडित रहेको स्थानमा पुगेर सरकारी वार्ता टोलीले छलफल गरे पनि सहमति नभए पछि आज पुनः वार्ता हुन लागेको हो।

वार्ता बिहान १० बजे गृह मन्त्रालयमा हुने सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।

यसअघि मिटरब्याज पीडितको पहिलो समूहसँग गृह मन्त्रालयले चैत १८ गते पाँच बुँदे सहमति गरेको थियो। त्यो सहमति अपूरो भएको भन्दै अहिलेका मिटरब्याजी पीडित संघर्ष समितिले छ बुँदे माग राखेका छन्।

मिटरब्याजका नाममा भएको सबै लिखत अवैध घोषणा गर्नुपर्ने, आफूहरु विरुद्धको मुद्दा स्थगित र फैसला भएको मुद्दाको पुनरावलोकन हुनुपर्ने, पक्राउ पुर्जी खारेज, कारागार गएकाको रिहाइ बैंकिङ कसुरका मुद्दा खारेज तथा मिटरब्याजीको सम्पत्ति छानबिन लगायतको माग आफूहरूको रहेको संघर्ष समितिका संयोजक अवदेश कुशवाहले बताए।

प्रकाशित: २७ चैत २०७९ ८:५६ | Monday, April 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast