काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको सञ्चार सल्लाहकारमा सरकारले किरणकुमार पोख्रेललाई नियुक्ति गरेको छ। पोख्रेललाई राज्यमन्त्री सरहको सुविधा दिने गरी सञ्चार सल्लाहकारमा नियुक्त गरिएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो।
लामो समय पत्रकारितामा सक्रिय पोखरल यसअघि राष्ट्रिय सूचना आयोगका आयुक्त थिए। त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर पोखरेल हिमालय टाइम्स दैनिक, अन्नपूर्ण पोस्ट दैनिकलगायतका पत्रपत्रिकामा आबद्ध थिए।
प्रकाशित: २६ चैत २०७९ १५:३०
प्रतिक्रिया