त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय अनुगमन

श्रमिक र पर्यटकलाई सम्मानजनक व्यवहार गर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

हिमाल प्रेस २५ चैत २०७९ १६:५२
4
SHARES
श्रमिक र पर्यटकलाई सम्मानजनक व्यवहार गर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ– उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको अनुगमन तथा निरीक्षण गरेका छन्। सो क्रममा उनले सेवाग्राहीहरूसँग अन्तरक्रिया तथा कार्यालयले प्रवाह गर्ने सेवा सुविधाबारे जानकारी लिएका छन्।

‘सेवा प्रवाहको अवस्थिति, सेवाग्राहीले भोग्ने गरेका दु:ख र हैरानी, लगेजको सुरक्षाको प्रश्न, राष्ट्रिय सुरक्षालाई केन्द्रमा राखेर अपराध र अपराधी नियन्त्रणमा शुन्य सहनशीलता, डिजिटलाइजेसनलगायत विषयमा तत्कालीन र दीर्घकालीन सुधारको खाका १५ दिनभित्र पेश गर्न निर्देशन गरिएको छ,’ उनले जानकारी दिए।

विमानस्थलमा श्रमिकलाई सम्मानजनक व्यवहार र पर्यटकलाई राम्रो सत्कार गर्ने पक्षमा कोही नचुक्न पनि उनले निर्देशन दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eight =